१ कार्तिक २०८३, आइतबार

सन्दीपलाई आरोप लगाउने किशोरीको उमेर १८ वर्ष माथि भएको खुलासा, पत्र अदालतमा पुग्यो

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको प्रमाण अदालतमा पुगेको छ ।

आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको स्रोतले जानकारी दिएको छ।

किशोरीको उमेर स्थानीय तहबाट रुजु गरेर अदालतमा बुझाइएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति पठाउन आदेश दिएको थियो ।

अदालतको आदेशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो ।

प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ ।