२८ आश्विन २०८३, बुधबार

इन्स्टाग्राममा पनि मेसी पहिलो नम्बरमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । समाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक मन पराइएका तस्वीरहरुमा अर्जेन्टिनी महान खेलाडी लियोनल मेसीका तस्वीरहरु परेका छन् ।

इन्टाग्राममा उनका तस्वीर सबैभन्दा धेरै लाइक पाएर अग्रस्थानमा रहेको छ । विकिपिडियाले अद्यावधिक गरी प्रकाशन गरेको वरीयतामा इन्स्टाग्राममा सर्वाधिक लाइक गरिएका १० मध्ये पाँच तस्बिर मेस्सीका छन्।

सन् २०२२ को विश्वकप विजेता आर्जेन्टिनी टोलीका कप्तानले हालेका कतारमा भएको प्रतियोगितासँग सम्बन्धित अधिकांश पोस्टहरू बढी रुचाइएका पोस्टमा परेका छन्।

सर्वाधिक लाइक गरिएका तस्बिरहरूको सूची २० पुर्‍याएर हेर्ने हो भने पनि तीमध्ये आठवटा तस्बिर मेस्सीकै छन्। दोस्रो स्थानमा पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्।

उनका तीन तस्बिर सर्वाधिक १० लाइक गरिएका तस्बिरको सूचीमा पर्न सफल भएका छन्। आरियाना ग्रान्डे, जेन्डेया, काइली जेनर , टम हलन्ड र बिली आइलिशजस्ता कलाकार अनि सञ्चारमाध्यममा काम गर्ने व्यक्तित्वहरूका तस्बिर पनि सर्वाधिक लाइक गरिएको सूचीमा परेका छन्।