
बुटवल, २ पुस । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले रूपन्देहीका सामुदायिक विद्यालयहरू देशकै उत्कृष्ट बन्दै गएको बताएका छन् ।
कान्ति माध्यमिक विद्यालय बुटवलको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ को अवसरमा उनले शैक्षिक कार्यक्रमहरूलाई रूपन्देहीका सामुदायिक विद्यालयहरूले देशमै उत्कृष्ट नमूना प्रस्तुत गरिरहेको बताएका हुन् ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पौडेलले बुटवलका सामुदायिक विद्यालयहरूले आगामी दिनहरूमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको समेत बताएका छन् ।
रूपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक विकास तथा सुधारका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।















प्रतिक्रिया