१ कार्तिक २०८३, आइतबार

रियालिटी शो ‘दोहोरी आइडल’ हुँदै, विजेताले नगद रू. १५ लाख र कार पाउने

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ ।

नेपालका प्रतिष्ठित ४२ जना कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने छन् ।

नेपालमा पहिलो पटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डीएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद रू. १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद रू. ७ लाख र तेस्रो हुनेले नगद रू. ५ लाख प्राप्त गर्नेछन् ।

दोहोरी आइडलको छायाँकन माघदेखि सुरू गरिने र फागुनदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।