१ कार्तिक २०८३, आइतबार

निगमले बल्ल घटायो पेट्रोलियम पदार्थको मूल्य

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम हुने भएको छ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

यसबीचमा भारतीय आयल कर्पोरेशनले पटक–पटक मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले घाटा देखाउँदै मूल्य समायोजनमा आनाकानी गर्दै आएको थियो ।

पछिल्लोपटक शुक्रबार भारतीय आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएसँगै नेपालमा थोरै मूल्य घटाइएको हो ।