१ कार्तिक २०८३, आइतबार

मुलुकको रक्षा विचारले गर्ने हो, राष्ट्रपतिका लागि गैरराजनीतिक व्यक्ति खोज्नु गलत : देव गुरुङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु अहिलेको व्यवस्था अनुरुपको भिजनबिपरीत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा विचारले गर्ने र विचारकै आधारमा दलहरु चल्ने भएकाले मुलुकको नेतृत्व गैरराजनीतिक व्यक्तिलाई सुम्पिनु सिस्टम अनुरुपको भिजन नभएको बताएका हुन् ।

राजनीतिक पृष्टभूमि, बिचारधारा, सिद्धान्त लगाएको मूल्यमान्यताको आधारमा नै दलका नेताहरुले मुलुक र राज्यका अङ्गहरुको नेतृत्व गर्न सक्ने उनले बताएका छन् । अहिलेको अवस्थामा दलीय प्रणाली र दलका नेताहरुको विकल्प नरहेको उनको भनाइ छ ।

गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरबाट पात्रहरुलाई अघि सार्न खोज्नु राजनीतिक प्रणालीबाटै बिचलन भएको चिन्तनको उपज भएको तर्क गर्दै मुलुकमा संकट पैदा भइरहेको अवस्थामा दलका नेताहरुले नै सोच्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

महासचिव गुरुङले अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो रहेकाले एकले अर्कालाई निषेधको बाटोमा जान नहुने बताए । उनले एमालेसँग सरकार गठनका विषयका कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।