१ कार्तिक २०८३, आइतबार

चितवनका प्रनाउ अधिकारी भन्छन्– जुवातास तहसनहस पार्दै आएका छौँ, खेलाउने कुरा कहाँबाट आयो ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (प्रनाउ) नरहरि अधिकारीले आफू जुवातास खेलाउने कार्यमा संलग्न नरहेको प्रष्टिकरण दिएका छन् ।

नेपाल प्रहरी ‘चेन अफ कमाण्ड’ पालना गर्ने अनुशासित संगठन भएको र त्यो संगठनको व्यक्तिले अनुशासनहीन काम गर्नै नसक्ने जिकिर गर्दै उनले आफ्नोबारे प्रकाशित समाचार र समाचारमा समावेश तथ्यहरू गलत भएको दाबी गरेका छन् ।

प्रनाउ अधिकारीले ९ महिनादेखि घुमुवामा खटिएका प्रहरी नायब निरीक्षक राजनबहादुर खड्कामार्फत खुलेआम जुवा खेल्ने तथा खेलाउनेलाई संरक्षण र बढावा दिइरहेको तथ्य प्राप्त भएपछि दैनिक नेपालले मंसिर २३ गते ‘डीएसपीकै संरक्षणमा जुवा !’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारको खण्डन गर्दै प्रनाउ घिमिरेले भनेका छन्, ‘प्रहरी चेन अफ कमाण्ड पालना गर्ने अनुशासित संगठन भएको र सादा पोशाकमा प्रहरी परिचालन गर्ने अधिकार कार्यालय प्रमुखसँग निहित रहनुका साथै जिल्ला प्रहरी कार्यालयमा कार्यरत आचरणविपरीतका अनुशासनहीन कार्य गर्ने सकल दर्जाका प्रहरी कर्मचारीलाई कारबाही गर्ने अधिकारप्राप्त कमाण्डर प्रहरी उपरीक्षकले तहस–नहस पारेको भनिएको जुवातासलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा ‘थर्ड म्यान’को रुपमा कार्यरत म प्रहरी नायव उपरीक्षकले गोप्य रुपमा प्रहरी नायव निरीक्षक राजनबहादुर खड्कालाई परिचालन गरी जुवा खेलाउन सक्ने र सादा पोशाकको प्रहरी परिचालन गर्न सक्ने अवस्था नै रहन सक्दैन ।’

समाचारले प्रहरीहरू नै जुवा खेलाउने कार्यमा संलग्न छन् भन्ने मानकलाई जबरजस्ती संस्थागत गरी जुवाडेलाई प्रोत्साहन पुग्ने भएकाले समाचार नै हटाउन उनले आग्रह गरेका छन् । राष्ट्रको चौथो अङ्ग कहलिएको सञ्चार क्षेत्रले राज्यको अर्को एउटा महत्वपूर्ण अङ्ग सुरक्षा क्षेत्रलाई ध्वस्त पार्ने मनसायबाट अघि बढ्न नहुने पनि उनले बताएका छन् ।

‘म यस जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर आएपश्चात् कतिपय सन्दर्भमा मेरो, अन्य प्रहरी अधिकृतहरू तथा समाचारमा नाम उल्लेखित प्रहरी नायव निरीक्षक राजनबहादुर खड्का कै सूचना र अगुवाइमा कतिपय जुवातासको घटनामा संलग्न व्यक्तिहरूलाई दशीको सामानसहित पक्राउ गरी कानुनी दायरामा ल्याइएको तथ्य जिल्ला प्रहरी कार्यालय चितवनमा भएको मुद्दा दर्ताको अभिलेखबाट समेत पुष्टि हुने हुँदा समाचार झुटो हो,’ उनले आफ्नो खण्डनमा उल्लेख गरेका छन् ।