
काठमाडौ, २९ मंसिर । द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ ।
यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आईटीका विद्यार्थीहरु र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तीर्ण विद्यार्थीहरु दीक्षित भएका हुन् । सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले समारोहको उद्घाटनका साथै स्वागत मन्तव्य समेत दिएका थिए । उनले भने, ‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थीहरु उपस्थित हुन पाएका थिएनन् । यो महत्वपूर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आह्वा गर्दछु । कोही लामो दूरी पार गरेर आउनु भएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ । भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु ।’
कार्यक्रममा औद्यागिक सल्लाहकार बोर्डका सदस्यहरु वीरेन्द्रराज पाण्डे र प्रचण्डमान श्रेष्ठसहित अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरशीप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बीबीएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आईटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।
द ब्रिटिस कलेजका एसोसिएट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’ ठूलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए ।















प्रतिक्रिया