
काठमाडौं, २९ मंसिर । बलिउड अभिनेता बिवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
बुबा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै अभिनेता ओबराय अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
भेटमा उनीहरुले एक अर्काको तारिफ गरेका थिए । प्रचण्डले ओबरायका चलचित्र आफूले हेर्ने गरेको बताएका थिए भने ओबरायले प्रचण्ड राम्रो नेता भएको बताएका थिए ।
गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल पनि भेटमा उपस्थित थिइन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए ।















प्रतिक्रिया