
काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर कांग्रेसका महामन्त्री गगन थापाले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् ।
थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आज बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा नेता मोदीले यसअघि टीकापुर पुगेर थारुलाई अन्याय पर्यो, विद्रोेह भयो भनेर अभिव्यक्ति दिएका थापाले अध्यादेशको बिरोध गरेर दोहोरो चरित्र देखाएको बताएका हुन् ।
आफूले पाउने बेलामा राम्रोसँग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधिकरणको व्याख्या भइरहेको नेता मोदीको भनाइ छ । थारु लगायत उत्पीडीत बर्गहरु अन्यामा परेको भन्दै राज्यले अध्यादेश ल्याउँदा विरोध हुनु दु:खद भएको उनले बताए ।
मोदीले यसअघि एमाले सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भए पनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रङ हाबी भएको देखिएको तर्क गरे ।
मोदीले अहिले टीकापुरको घटना मात्रै नभएर देशैभरी उठेको माग मुद्दालाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरेका छन् ।















प्रतिक्रिया