
ताप्लेजुङ, २९ मंसिर । नेकपा एमालेका सचिव नवनिर्वाचित प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालका ऐतिहासिक परिवर्तनहरूमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आज बिहीबार नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको दशौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विभिन्न समयमा भएका राजनीतिक परिवर्तनहरूमा नेपाली सञ्चार जगतको भूमिका सकारात्मक रहको बताएका हुन् ।

मुलुकमा लोकतन्त्रसहितको व्यवस्था ल्याउन राजनीतिक दलहरूको भूमिका प्रमुख रहे पनि सञ्चार क्षेत्रको योगदानले नै छोटो समयमा परिवर्तन सम्भव भएको बताएका हुन् । संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासमा पनि सञ्चार क्षेत्रकै भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

नागरिकलाई शिक्षित र सुसूचित गर्ने सञ्चार जगतको भूमिका अझ बलियो रूपमा अघि बढ्नेमा आफू विस्वस्थ रहेको भट्टराईले बताएका छन् । जनताको न्याय र अधिकारको पक्षमा उभिने सञ्चारकर्मीले सही र तत्थ्यमा आधारित भएर काम गर्नुपर्नेमा उनको जोड छ ।















प्रतिक्रिया