
काठमाडौं, २९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
उनको राजीनामा स्वीकृत भइसकेको बताइएको छ । प्रभाकर चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएर नेपाल आएका थिए ।
उनी भारतीय पूर्व क्रिकेटर हुन् । उनको प्रशिक्षणकालमा नेपालले विभिन्न प्रतियोगितामा खराब प्रदर्शन गरेको भन्दै उनको क्षमतामाथि प्रश्न उठ्दै आएको थियो ।















प्रतिक्रिया