१ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपतिलाई आयोगले उपलब्ध गरायो निर्वाचन प्रतिवेदन, शनिबार प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ ।उपराष्ट्रपति पुनलाई उहाँको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताएका छन् ।

प्रदेश प्रमुखलाई पुस २ गते

यसैबीच, पुस २ गते शनिबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने भएको छ ।

निर्वाचन परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।