१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीद्वारा तरूण दलका पूर्वमहासचिव चित्रकारको निधनप्रति दु:ख व्यक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दलका पूर्वमहासचिव कमल चित्रकारको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

चित्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्द आज पशुपति आर्यघाट पुगेका प्रधानमन्त्री देउवाले उनको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

‘नेपाल तरुण दलका पूर्वमहासचिव एवम् नेपाली कांग्रेसका नेता कमल चित्रकारजीको निधनको खबरले स्तब्ध भएको छु । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले भनेका छन् ।

चित्रकारले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने देउवाको भनाइ छ ।

चित्रकारको ८२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । कांग्रेसका पुराना नेता चित्रकार बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला सो दलको युवा संगठन नेपाल तरुण दलको महामन्त्री भएका थिए भने पञ्चायतकालमा काठमाडौंको प्रधानपञ्च समेत बनेका थिए ।