१ कार्तिक २०८३, आइतबार

राष्ट्र बैंकका गभर्नर भन्छन्– पुस महिनामा तरलताको अभाव झनै बढ्छ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा चुनौती थपिने बताएका हुन् । पुस महिना अलि कठिन रहेको र तरलता सहज बनाउने प्रयास गरिरहेको उनको भनाइ छ ।

‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुसमा हामीलाई चुनौती रहन्छ । क्यालेन्डरअनुसार पुस महिनामा ३० अर्बको इस्यु छ । तर हामी कसरी तरलताको असरलाई सहज गर्ने भन्ने कुरामा लागि परेका छौँ । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ,’ उनले भने ।

उनले अर्थतन्त्र निकै संवेदनशील अवस्थामा रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर देखिएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधार अनुसार पोलिसी रि–फर्मको काम पनि भइरहेको जानकारी दिएका छन् ।