१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष ठाकुरले गरे भेटवार्ता, के–के भयो कुराकानी ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको अध्यक्ष ठाकुरले जानकारी दिएका छन् ।

लोसपाले वर्तमान गठबन्धनले नै सरकार गठन गरेको अवस्थामा आफूहरू सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । निर्णयलगत्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् ।