
काठमाडौं, २५ मंसिर । नेपालीले चालु आर्थिक वर्षको ४ महिनामा २ अर्बको तास खेलका छन् ।
चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासमा नेपालमा २ अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको हो ।
साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास आयात भएको हो ।
यो अवधिमा चीनबाट दुई अर्ब दुई करोड १० लाख ८३ हजारको तास आयात भएको छ भने भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको भन्सार विभागले जनाएको छ ।















प्रतिक्रिया