१ कार्तिक २०८३, आइतबार

चुनाव जित्नु ठूलो कुरा होइन, प्रतिबद्धता पूरा गर्नु मूख्य कुरा हो : माधव नेपाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले जनतासामु चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु मूख्य कुरा भएको बताएका हुन् ।

जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत उनले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले विगतमा जनतालाई पूरा हुन नसक्ने आश्वासनहरु दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताए ।

उनले जनताका असीमित आकांक्षालाई पूरा गर्न नसके पनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिश गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । त्यस्तै अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

उनले देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।