१ कार्तिक २०८३, आइतबार

अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने राप्रपाको निर्णय

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले गत निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तर्घात गर्ने नेता, कार्यकर्तालाई यथार्थ छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ ।

फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाको निर्णय बमोजिम पार्टी हित विपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्ने निर्णय गरिएको हो ।

जिल्ला अध्यक्ष कमल बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरूलाई धन्यवाद दिने निर्णय गरेको छ ।

अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदन अनुरूप जिल्ला मातहतका संगठनहरू गठन वा पूनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी पुस १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरू परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरूलाई स्वागत गर्दै देशव्यापी रूपमा राप्रपाले फड्को मारेको बताए भने जिल्ला सहसचिव संजिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको बताए ।