३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईले दिए बालेनलाई चेतावनी

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाले बल प्रयोग गरी गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका छन्।

काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै डा. भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुन:स्थापना यसको समाधान भएको सुझाव दिएका छन्। लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘Urban&Regional Development Planning को विद्यार्थीको नाताले भन्छु -सहरीकरण, अनौपचारिक श्रमरअर्थतन्त्र,धनीरगरिबको विभेदीकरण संक्रमणकालीन समाजरअर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठीरबन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र विस्फोट हुन्छ। चेतना भया !’