
काठमाडौं, २४ मंसिर । निर्वाचन आयोगले दलहरुलाई आज (शनिबार) अपरान्ह ४ बजेसम्म समानुपातिक सांसदको सूची बुझाउन समयसीमा दिएको छ । तर, अधिकांश राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज अन्तिम समयमा बैठक बोलाएर समानुपातिक सांसद टुंग्याउने तयारी गरिरहेका छन् ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले ३४ पाएको छ ।















प्रतिक्रिया