२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरमा डेंगु संक्रमण घट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेदकोट, २४ मंसिर । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेंगुको संक्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेंगुको संक्रमण कम हुँदै गएको हो ।

एक महिनाअघिको तुलनामा संक्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए । “पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”, उनले भने ।

चिसोमा डेंगु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले संक्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उनले बताए ।

महाकाली अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, “दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।” महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेंगुका बिरामी फेला परेका थिए ।