१ कार्तिक २०८३, आइतबार

नक्कलीहरुले वास्तविक मेमोरी किङलाई ओझेलमा पारे : डा. पंजियार

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । दुईपटक स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड मा नाम दर्ता गराउन सफल डा. नवल पंजियारले नक्कली मेमोरी किङहरुले गर्दा वास्तविक मेमोरी किङहरु ओझेलमा परेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले सही व्यक्तिको पहिचान गर्नुपर्नेमा जोड दिदै नक्कलीका कारण वास्तविक मेमोरी किङहरुलाई ओझेलमा पारेको बताएका हुन् ।

जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा. पञ्जियारले १९ डिसेम्बर २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका थिए । पंजियारले पुन: दोस्रोपटक २०२२ मा एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर नयाँ कीर्तिमान राख्न सफल भएका थिए ।

उनको दोस्रो रेकर्डसँगै संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये दोस्रो व्यक्ति भएका छन् । दोस्रो पटक २०२२ रकर्ड राखेर उनले आफू गिनिज बुकमा डबल रेकर्ड राख्ने संसारको पहिलो नेपाली भएको समेत दाबी गरेका छन् ।

आफू मेमोरी किङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि उनले बताएका छन् । उनले नभएको रेकर्डलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरेका छन् ।

उनले कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भन्ने गरेको उल्लेख गर्दै योगदानका आधारमा पनि जनताले पहिचान गर्नुपर्नेमा जोड दिए ।