३० आश्विन २०८३, शुक्रबार

महाभियोग निष्प्रभावी भएको संसद सचिवालयको पत्रविरुद्धको सुनुवाइ सकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्प्रभावि भएको संसद सचिवालयको पत्रविरुद्वको रिटमाथिको सुनुवाई सकिएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतका ६ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, टिकाराम भट्टराई र बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

बहसका क्रममा उनीहरुले पत्र अवैधानिक भएको र जबराको महाभियोग निष्प्रभावी नभएको दाबी गरेका छन् ।