
काठमाडौं, २३ मंसिर । सामान्यत जुवा खेल्नु र खेलाउनु दण्डनिय छ । तर, कानूनका रक्षक ‘प्रहरी’ले नै सेटिङमा जुवा खेलाउँछन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ होला । तर, चितवनको भरतपुरमा यतिबेला प्रहरीले नै जुवा अखडालाई संरक्षण गरेर लाभ लिइरहेको पाइएको छ ।
जुवा खेलेको वा खेलाएको पाए नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा डीएसपी नरहरी अधिकारीले उल्टै जुवा अखडालाइ संरक्षण गरेर लाभ लिइरहेको पाइएको हो । चितवनमा सञ्चालित जुवामा न त कानूनले रोक्छ, न त समाजले केही भन्छ । किनकी यहाँ प्रहरीकै डिएसपीको संरक्षण र निगरानीमा खुलेआम जुवा खेलाइन्छ, खेलिन्छ ।
बिगत १७ महिनादेखि चितवन जिल्ला प्रहरी कार्यालयमा एकछत्र राज गर्दै आएका डीएसपी अधिकारीले ९ महिनादेखि घुमुवामा खटिएका प्रहरी नायब निरीक्षक राजन बहादुर खड्कामार्फत खुलेआम जुवा खेल्ने र खेलाउनेलाई संरक्षण र बढावा दिएपछि अहिले जिल्लामा ब्यापकमात्रामा जुवा खेल हुने गरेको छ ।
एसपी नवराज अधिकारीले जुवा अखडालाइ ध्वस्त पारेपछि डीएसपी अधिकारीले गोप्य रूपमा सई खड्कालाई खटाउने गरेको बताइएको छ । एसपीको सोझोपनाको फाइदा उठाउँदै डिएसपी अधिकारीले अहिले सई खड्का मार्फत मनग्य आम्दानी लिने काम गर्दै आएका छन्।
अहिले चितवनमा सई खड्काको कमान्डमा दस जना घुमुवा प्रहरी परिचालन भएका छन् । उसो, त डीएसपी अधिकारी असुलीको मामिलामा बदनाम भएका प्रहरी अधिकृत हुन् । उनले गोप्य तरिकाले मुद्दा फाँटमा रहेका वरिष्ठ सई प्रकाश सिंम्खडामार्फत मुद्दामा आउने हरेक गतिविधिमा एसपीले नै थाहा नपाउने तरिकाले गोप्य रूपमा आर्थिक लेनदेन गर्ने गरेका आरोप छ।
सिम्खडा गैंडाकोटमा हुँदा आर्थिक असुलीमै बदनाम भएर लखटिएका थिए । संगै ईलाका प्रहरी कार्यालय रत्ननगर आएका सई सिम्खडा अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा छन् । घर नै टाँडी भएका कारणले पनि उनले बढुवा भएपछि पनि चितवन नै दरबन्दी बनाउन सफल भए । त्यस्तै, जुवाबाट आर्थिक संकलन गरेर सई राजन खड्का मार्फत डीएसपी अधिकारीलाई बुझाउने गरेको समेत आरोप छ ।
अपराध अनुसन्धान महाशाखाबाट चितवन आएका घुमुवा कमान्डर सई खड्काको दरबन्दी सिमा प्रहरी चौकी भिष्वा बिरगंज हो । त्यहाँ हुँदा मादक पदार्थ सेवन गरेर बिवादित भएपछि खड्कालाई चितवन पठाइएको थियो । दरबन्दीमा पठाउनुपर्नेमा त्यहाँ नपठाइ कारबाही स्वरुप प्रहरी प्रधान कार्यालयले उनलाई चितवन पठाइएको थियो ।















प्रतिक्रिया