३० आश्विन २०८३, शुक्रबार

१ लाख नाघ्यो सुनको मूल्य

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य शुक्रबार ६ सयले बढेसँगै तोलाको १ लाख नाघेको हो ।

बिहीबार प्रतितोला ९९ हजार ७ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार १ लाख ३ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य मूल्य बिहीबार प्रतितोला ९९ हजार २ सय थियो। महासंघकाअनुसार चाँदीको मूल्य पनि शुक्रबार तोलामा ३० रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला १ हजार ३ सय ९० मा कारोबार भइरहेको छ ।