
काठमाडौं, २२ मंसिर । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ म्युजिक भिडिओसहित सार्वजनिक गरिएको छ ।
सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेञ्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ ।
प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो दोलखाको कालिञ्चोक र आसपासमा छायाङ्कन भएको हो ।
केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्काले छायाङ्कन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ ।















प्रतिक्रिया