
काठमाडौं, २२ मंसिर । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको पकनाजोलबाट ९ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एन्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित नौ जना छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ६९ हजार ६०० रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।















प्रतिक्रिया