१ कार्तिक २०८३, आइतबार

निर्वाचनमा असफलता व्यहोरेका प्रदीप ज्ञवाली मतदाताको घर–घरमा (भिडिओ)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् ।

निर्वाचनमा असफल भए पनि जिल्लाको विकासका लागि आफू निरन्तर लागिहरने प्रतिबद्धताका साथ उनी चुनावपछि पनि मतदाताको घर–घरमा पुगिरहेका हुन् । उनको यो कार्यले नेताहरू चुनावपछि जनतासँग पुग्दैनन् भन्ने आरोपको समेत खण्डन गरेको छ ।

निर्वाचनमा असफल भए पनि जनताको बीचमा रहेर सुख–दु:खको साथी बन्दै चुनावमा गरेका बाचा पूरा गर्न सधैं जनताको साथमा रहने उनको प्रतिबद्धता छ ।

गुल्मीबाट ०५६ सालदेखि निर्वाचन प्रतिस्पर्धा गर्दै आएका ज्ञवाली ०५६, ०६४ र ०७४ सालमा निर्वाचित भए पनि आलै सम्पन्न निर्वाचनमा उनी नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग गुल्मी–१ बाट पराजित भएका थिए ।

ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीले जनाएको छ ।