१ कार्तिक २०८३, आइतबार

मृतक सदीक्षालाई मानसिक तनाव दिएको भन्दै विश्व निकेतनका विद्यार्थीद्वारा प्रदर्शन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन शङ्कायकी छात्राले आत्महत्या गरेको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् ।

सप्तरी घर भई हाल सानेपा बस्दै आएकी सदीक्षा चौधरी बुधबार राति मृत भेटिएकी थिइन् ।

विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले दिएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले उनलाई निलम्बन गर्न माग गर्दै आज बिहीबार प्रदर्शन गरेका हुन् ।

विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन विभाग प्रमुख लोहनीलाई बिहीबार नै निलम्बन गरिएको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले एक सूचना मार्फत जानकारी दिएका छन् ।

कानुनी प्रक्रियामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरु घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा राखिएको छ ।