
काठमाडौं, २२ मंसिर । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सनराइज क्यापिटल लिमिटेडका विजयलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
आज बिहीबार सम्पन्न संघको १३औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा आड सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसतिको उपाध्यक्षमा पारशमणि ढकाल (ग्लोबल आईएमई क्यापीटल), महासचिवमा रमेन्द्र रायमाझी (एनआईसी एशिया क्यापिटल) र कोषाध्यक्षमा मनिष नारायण जोशी (नबिल इन्भेष्टमेण्ट बैकिङ) निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरूमा नारायण प्रसाद घिमिरे (नागरिक लगानी कोष), दिनेश थकाली (प्रभु क्यापिटल) र नवीन बास्कोटा (नेपाल लाइफ क्यापिटल) निर्वाचित भएका छन् ।
यसैगरी निवर्तमान अध्यक्ष समेत रहेका मेख बहादुर थापा (एनआईबीएल एस क्यापिटल) मानार्थ सदस्य चयन भएका छन् ।
नगरकोटस्थित क्लब हिमालयमा सम्पन्न सभाले पेश भएका अन्य सबै प्रस्तावउपर छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।















प्रतिक्रिया