१ कार्तिक २०८३, आइतबार

‘हनी हन्टिङ’को दृश्यावलोकन गर्न महानायक हमालसहित कलाकार र विज्ञहरू लमजुङमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । मह सिकारको दृश्यावलोकन गर्न महानायक राजेश हमालसहित कलाकारहरू र विभिन्न क्षेत्रका विज्ञहरू लमजुङको भुजुङ पुगेको छ ।

स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा आयोजना गर्न लागेको हनी हन्टिङसहित ‘स्पार्क एड्भेन्चर’ कार्यक्रममा सहभागी हुन आज बिहीबार उनीहरू लमजुङ पुगेका हुन् ।

हमालसहित विपिन कार्की, वर्षा सिवाकोटी, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा, रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की, गायक रामकृष्ण ढकाल, ओलम्पियन दिपक विष्टलगायत दुई सय जना त्यसतर्फ गएको स्पार्क ग्रुपका कार्यकारी निर्देशन रोशन घिमिरेले जानकारी दिए ।

उनले नेपालका धनी वर्गका मानिसहरू नेपालको भ्रमण नगरी विदेश घुम्न जाने परम्परा रहेकाले त्यो परम्परा रोकी नेपालमै घुमाऔँ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । मंसिर २४ गतेसम्म आयोजना हुने एड्भेन्चरमा भुजुङ पुगेपछि त्यहाँको होमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीको मह काढ्नका लागि पदयात्रा हुने उनले जानकारी दिए ।

साथै स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसी सहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको कार्यकारी निर्देशन घिमिरेले बताएका छन् ।