३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । निलम्बनमा रहेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको पत्र संसद सचिवालयले जबरालाई पठाएसँगै राजनीतिक र कानूनी क्षेत्रमा तरंग नै आएको छ ।

महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च अदालत फर्कने तयारी गरेका जबरालाई रोक्न नेपाल बार एशोसियसनका पदाधिकारीहरुले सर्वोच्चको गेटमा धर्ना नै दिए । तर अन्त्यमा जबरा बुधबार सर्वोच्च गएनन् । महाअभियोग निष्क्रिय भएको पत्र संसद सचिवालयले जबरालाई दिएपछि त्यसकोविरुद्वमा सर्वोच्च अदालतमा रिटसमेत दर्ता भएको छ । रिटको सुनुवाई शुक्रबारका लागि तोकिएको छ ।

यस्तै, महाकाली नदीमा एकतर्फी रुपमा भारतले निर्माण गरिरहेको तटबन्ध बनाउने कार्य अन्तत: रोकिएको छ । बुधबार नेपाल र भारतका अधिकारीहरुको बैठकले तटबन्धको काम रोक्ने निर्णय गरेको हो ।

भारतले महाकाली नदी अतिक्रमण गरेर एकतर्फी रुपमा तटबन्ध निर्माण गरेको भन्दै नेपालमा चर्को विरोध भएको थियो । भारतले एकतर्फी तटबन्ध निर्माण गरिरहेकोमा नेपालले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको छ ।

हेरौँ आज दिनभरका समाचारहरू–

१. राजनीतिक र कानूनी वृत्तमा तरंग : प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको पत्रपछि राजनीतिक र कानूनी वृत्तमा तरंग, जबरालाई सर्वोच्च प्रवेशमा रोक्न नेपाल बार एशोसियसन बस्यो धर्नामा ।

२. संसद सचिवालयको पत्रविरुद्व रिट : प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता, शुक्रबारलाई तोकियो पेशी ।

३. कुरा बाझियो : प्रधानन्यायाधीसमाथिको महाअभियोग निष्क्रिय भए नभएका सम्बन्धमा संसद सचिवालय र सरकारबीच कुरा बाझियो, महाअभियोग कायम रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दाबी

४. प्रहरीको सर्कुलर : प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश नदिन प्रहरी प्रधान कार्यालयको सर्कुलर, जबराविरुद्व धर्नामा बसेका न्यायाधीसहरुलाई जुत्ता हान्ने तारा बराल पक्राउ ।

५. एमालेले तय गर्‍यो एजेण्डा : नेकपा एमाले केन्द्रीय कार्यालयको बैठकले तय गर्‍यो सचिवालय बैठकका एजेण्डा, समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाउने विषयमा पनि छलफल

६. धेरै सीट एमालेको : निर्वाचन आयोगद्वारा मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिकतर्फको सिट बाँडफाँट, सबैभन्दा धेरै नेकपा एमालेले १०४ सिट पायो ।

७. गोकुल बास्कोटाको बोली : नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताको स्वर हराउन थालेको नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको भनाई, नेपालका वामपन्थीहरूकै जनमतको कारणले कांग्रेस प्रत्यक्षतर्फ ठूलो पार्टी भएको दाबी

८. हस्तक्षेप अमान्य : भारतीय पक्षले गरेको महाकाली नदीको अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन, भारतको कुनैपनि हस्तक्षेप र बलमिच्याईँ स्वीकार्य नरहेको चेतावनी ।

९. ठूलो दुर्घटनाबाट जोगियो : हुम्लामा तारा एयरको कार्गो विमानमा चील ठोक्कियो, सिमकोट विमानस्थलमा सुरक्षित अवतरण ।

१०. महानगरको निर्देशन : महानगरभित्रका सरकारी, गैर सरकारी तथा निजी कार्यालयहरुलाई कार्यालयको परिसरमा थुप्रिएको फोहोर ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी ।

११. सामूहिक बलात्कार : कैलालीको गोदावरी नगरपालिका–९ मा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, बलात्कार आरोपमा स्थानीय दुई युवक पक्राउ ।

१२. चितुवाको आक्रमण : डोटीको पूर्वीचौकी गाउँपालिकामा चितुवाको आक्रमणमा परेर पाँचजना घाइते, घाइते हुनेहरुमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी ।

१३. कोरोना कहर : नेपालमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त ।

१४. पूर्वराष्ट्रपतिलाई जेल : १ अर्ब डलर हिनामिनाको अरोपमा अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई ६ वर्षको जेल सजाय, आपराधिक सङ्गठन सञ्चालनको अभियोगमा भने सफाइ ।

१५. अन्तर्राष्ट्रिय खेलबाट सन्यास : बेल्जियमका कप्तान इडेन हजार्डले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा, विश्वकपको समूह चरणबाटै बाहिरिएपछि लिए सन्यास ।