
काठमाडौं, २० मंसिर । सरकारले बिलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई पुसदेखि खुला गर्ने निर्णय गरेको हो ।
डलर सत्तिचतिको अभाव बढेपछि सरकारले करिब साढे ८ महिनादेखि बिलासी वस्तुको आयात रोकेको थियो ।
बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल बन्दै गएको भन्दै पुन: बिलासी वस्तुको आयातलाई निरन्तरता दिने निर्णय सरकार पुगेको बताइएको छ ।















प्रतिक्रिया