
काठमाडौं, २० मंसिर । फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज भएको खेलमा स्पेनलाई हराउँदै मोरक्को विश्वकप फुटबलको अन्तिम आठमा उक्लिएको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा समेत दुवै तर्फबाट गोल हुन नसकेपछि ट्राइबेकरमा मोरक्कोले स्पेनलाई ३–० गोलले पराजित गर्यो ।
एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।















प्रतिक्रिया