१ कार्तिक २०८३, आइतबार

विवाह भोज खाएका ४६ जना जन्ती बिरामी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, २० मंसिर । विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् ।

मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एउटै गाउका ४६ जना स्थानीय बिरामी परेका हुन् ।

प्युठान–६ का वडाअध्यक्ष नरेन्द्र पुन मगरका अनुसार उनीहरूमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

बिरामी परेकाहरू सबैको अवस्था सामान्य रहेको अध्यक्ष पुनले जानकारी दिएका छन् ।