
काठमाडौं, २० मंसिर । सार्वजनिक स्थलबाट नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाअगाडि धर्ना दिइएको छ ।
सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले आज मंगलबार महानगरको कार्यालयअगाडि धर्ना दिएको हो ।
समितिले सही सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै समितिले सुकुम्बासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्ने समेत बताएको छ ।

धर्नामा सहभागीहरूले सुकुम्बासीको नाममा राजनीति गर्न पाइँदैन, भूमि भएका कसरी सुकुम्वासी हुन्छ ? लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । समितिले सरकारी जग्गा अतिक्रमण रोक्नुपर्ने र सही सुकुम्बासी पहिचान गर्नुपर्ने भन्दै महानगरमा ज्ञापन पत्र समेत बुझाएको छ ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया