१ कार्तिक २०८३, आइतबार

छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत : एमाले सांसद श्रेष्ठ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २० मंसिर । नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने जिकिर गर्दै सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्नेमा जोड दिए ।

उनले देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासन माथि नै गम्भीर प्रश्न उठेको धारणा व्यक्त गरे ।