१ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेशको राजधानी सार्नुको विकल्प छैन : मन्त्री खड्का

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २० मंसिर । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले राजधानी सार्नुको विकल्प नभएको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे ।

उनले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह गरे ।

मन्त्री खड्काले दाङको राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश मातहतका मन्त्रालयहरु औपचारिक कार्यक्रमका साथ प्रदेश सरकार अगाडि बढ्ने स्पष्ट पारे ।