बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

पेनाल्टी सुटआउटमा जापान स्तब्ध, क्रोएसिया अन्तिम ८ मा उक्लियो

दैनिक नेपाल २०७९ मंसिर १९ गते २३:३१

काठमाडौं, १९ मंसिर । फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापान क्रोएसियासँग पराजित भएको छ ।

टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा जापानलाई ३–१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित