१ कार्तिक २०८३, आइतबार

अनेरास्ववियुको प्रश्न– सीमामा भारतले निरन्तर ज्यादती गरिरहँदा सरकार किन निरीह ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । छिमेकी राष्ट्र भारतले नेपालसँगको सीमा नाकाहरूमा बारम्बार ज्यादती गरिरहँदा पनि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार निरीह बनिरहेकोप्रति नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले दार्चुलामा भारतले महाकालीको वहाव नेपालतिर धकेल्न खोज्दा प्रतिकारमा उत्रिएका नेपाली युवाहरू र विद्यालयमा खेलिरहेका बालबालिका समेत घाइते हुँदा समेत सरकार निरीह बनेको बताएको हो ।

दार्चुलाको सदरमुकाम खलंगा बजारस्थित नेपाल–भारत जोडने पुलमुनि महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले एकतर्फी रूपमा अनधिकृत तवरले पक्की संरचना बनाउँदै गर्दा नेपाली युवाहरूले विरोध प्रदर्शन गर्दा भारतीय पक्षले ढुङ्गा–मुढा प्रहार गरेको थियो ।

घटनाबारे सरकारले कुनै वास्ता नगरेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गराउँदै भनेको छ, ‘ढुंगा लागेर ४ जना स्कुलमा खेलिरहेका बालकहरू घाइते भएको घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियुले घोर भर्त्सना गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति–