मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

दोलखा प्रदेश सभा १ मा कांग्रेसका काफ्ले निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर १८ गते २१:२०

दोलखा, १८ मंसिर । दोलखाको प्रदेश सभा १ मा नेपाली गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ८ हजार २२ मतान्तरले पराजित गर्दै काफ्ले प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

काफ्लेले २२ हजार ७९७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमाले श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् ।

यसैबीच दोलखाको प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका बर्मा लामालाई पराजित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित