
काठमाडौं, १८ मंसिर । सम्पदा क्षेत्र अवलोकन गर्न काडमाडौं उपत्यकामा ‘विशेष बस’ सञ्चालन गरिने भएको छ ।
उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि सारेको र्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागिएको मन्त्रालयले भनाइ छ ।
पहिलो चरणमा साझा यातायातका पाँच वटा विजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरवार, पशुपति, बौद्ध र स्वयम्भु पुग्नेछ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ । पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन् ।
करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न तीन घण्टा लाग्नेछ । आगामी अंग्रेजी नयाँ वर्षदेखि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने छ ।















प्रतिक्रिया