१ कार्तिक २०८३, आइतबार

कांग्रेसले प्रदेश र जिल्लासँग माग्यो अन्तर्घातको उजुरी, पुस १५ भित्र पठाइसक्नुपर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसले गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको उजुरीहरू आगामी पुस १५ गतेभित्र केन्द्रीय अनुशासन समितिमा पठाइसक्न आह्वान गरेको छ ।

केन्द्रीय अनुशासन समितिले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गरी मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरी असहयोग गर्नेहरूको उजुरी सङ्कलन गरी तोकिएको मितिभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला एवम् प्रदेश अनुशासन समितिलाई आग्रह गरेको हो ।

‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठवन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पुस १५ गतेभित्र पठाउनु पर्नेछ,’ समितिका सचिव प्रेम केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।