
स्याङ्जा, १८ मंसिर । स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेशसभा (२) तर्फ नेपाली काँग्रेस युवा नेता महेश भट्टराई प्रदेश सदस्यमा निर्वाचित भए ।
एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ८०९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निर्वाचित भट्टराईले १८ हजार ८ सय ८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले १६ हजार ९ सय ९९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा बुथ कब्जा गरेको एमाले र काँग्रेसको आरोप प्रत्यारोपले ११ गते साँझबाट शुरु मतगणनाको ढिलो गरी शनिवार राति मतपरिणाम आयो ।
२०७४ को स्थानीय तह निर्वाचनमा भट्टराई गल्याङ् नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा विजयी हुँदा उता श्रेष्ठ चापाकोट नगरापालिकाको नगरप्रमुखमा पराजित बन्न पुगेका थिए । श्रेष्ठको पराजयको श्रंखला २०७४ देखि २०७९ सम्म जारी छ । श्रेष्ठ दुबै तहको निर्वाचनमा पराजित मात्रै भएन्न, कहिले कहिले निर्वाचन क्षेत्र आउने (टुरिष्ट) उम्मेदवारमा पनि दर्ज भए ।
राजनीतिकमा संघर्षको विरासत बोकेको परिवारका सदस्य भट्टराई जिल्लामै (२०७४–०७९) उदाहरणीय जनप्रतिनिधका रूपमा परिचित थिए । आफ्नो कार्यकालमा उनले स्थानीय सरकारको बजेट मार्फत र पकेटकै जोहो गरेर समाजसेवामा खर्च गरे, व्यस्त रहे ।
प्रदेशसभा अन्र्तगतका २६ वडा मध्ये अधिकांश वडामा श्रेष्ठको तुलनामा भट्टराईलाई आम मतदाताले धेरै विश्वास गरेको प्रमाणित भएको छ । झण्डै २० वडामा मत भट्टराईले बहुमत ल्याए । भट्टराईले प्रत्यक्ष रूपमा गरेको काम र परिवारको विरासतलाई आम मतदाताले अनुमोदन गरेका छन् ।
स्याङ्जाको चापाकोट घर भई जापनित महिलासँग विवाह गरी काठमाडौंमा बस्दै आएका श्रेष्ठ अक्कलझुक्कल जिल्ला आउँछन् । जिल्ला आउँदा जनताको समस्यामा केन्द्रित होईन् आफ्नै रमाइलोमा दिनचर्या बिताउँछन् । कान्तिपुर डेण्टल अस्पतालका मालिक श्रेष्ठ एमाले भित्रकै असहयोले पराजित बन्न पुगेको स्कार्न सकिदैन ।
निर्वाचित भएपछि काँग्रेसका युवा नेता भट्टराईले प्रदेशसभा सदस्यको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बाचा गरे । हर क्षण जनताको सेवा लाग्ने समर्पित हुने बताउँदै भट्टराईले भ्रष्ट्राचार नगर्ने र चुनाबी मैदानमा गरेको बाचा पुरा गर्ने अठोट गरेका छन् ।
‘हाम्रो समाजको ठूलो समस्या भनेकै भ्रष्ट्राचार हो, त्यसको अन्त्य नभएसम्म सम्मुनत समाज बन्दैन्,’ निर्वाचित भएपछि एक विज्ञप्ति जारी गर्दै भट्टराईले भने, ‘सम्मुनत समाज निर्माणका लागि सुशासन कायम राख्दै भ्रष्ट्राचार अन्त्य भएपछि समाज विकास पहिलो प्राथमिकता हो ।’
निर्वाचनको दौरानमा गरिएका एक–एक बाचा पुरा गर्ने तर्फ ध्यान केन्द्रित गर्ने दाबी गरेका भट्टराईले खानेपानीको गुणस्तरीय सेवा विस्तार, विद्युत सेवाको सर्वशुलभ उपलब्धता, सडक निर्माण र रोजगारी तथा स्वरोजगारबाट आम नागरिकको जीवनमा परिवर्तन ल्याउनु चुनौती रहेको बताए । नागरिकको सेवा नै मुल कर्म र धर्म हो भनेर भट्टराईले संकल्प गरेका छन् ।
चुनाबी मैदानमा जित हार लोकतन्त्रको सुन्दर पक्ष रहेको स्पष्ट पार्दै विजयी भट्टराईले प्रतिस्पर्धी उम्मेदवार श्रेष्ठलाई जनताको सेवा खटिन आग्रह गरे । निर्वाचनका क्रममा सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै गण्डकी प्रदेश सदस्य भट्टराईले स्याङ्जाली जनताको साथ र सहयोग निरन्तर रहनेमा विश्वास जनाएका छन् । –प्रकाश डोटेलबाट















प्रतिक्रिया