बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मलेसियामा २ नेपाली सुरक्षा गार्ड मृत फेला, अर्का एक नेपाली पक्राउ

दैनिक नेपाल २०७९ मंसिर १८ गते १५:४१

काठमाडौं, १८ मंसिर । मलेसियामा दुई जना नेपाली सुरक्षा गार्ड मृत फेला परेका छन् ।

मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको मलेसियाका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनीहरुको शरिरमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ । मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरुको नाम खुलाइएको छैन ।

प्रहरीले अर्का एक नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपाली सोही कम्पनीमा क्यान्टिन चलाउँदै आएका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित