३० आश्विन २०८३, शुक्रबार

सरकारले सार्वजनिक गर्‍यो डेढ खर्ब बढी सम्पत्ति, कुन मन्त्रालय कति धनी ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । सरकारले सरकारको सार्वजनिक सम्पत्ति सार्वजनिक गरेको छ ।

सरकारले सार्वजनिक गरेको सम्पत्तिमा १ खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैँया देखाइएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धनी गृह मन्त्रालय देखिएको छ । गृहको सम्पत्ति ४४ अर्ब २८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, दोस्रो धनीमा रक्षा मन्त्रालय रहेको छ । रक्षाको सम्पत्ति ४१ अर्ब ४४ करोड देखाइएको छ । सबैभन्दा कम सम्पत्ति दलित आयोगको रहेको छ । दलित आयोगको २ करोड सम्पत्ति देखिएको छ ।

सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत तीन अर्ब ८७ करोड बराबरको सम्पत्ति रहेको देखाएको छ ।

राष्ट्रपति कार्यालयसँग १८ करोड ९१ लाख रुपैयाँबराबरको सम्पत्ति रहेको देखिएको छ ।