
काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन तोलामा ४ सय रुपैँयाले बढेको हो ।
आइतबार छापावल सुन तोलामा ९९ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९९ हजारमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदी तोलाको १३ सय ७० रुपैँयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया