३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेको पार्टीमा सुरु भयो यस्तो लफडा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । छोटो समयमै राष्ट्रिय पार्टी बन्न सफल रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा लफडा सुरु भएको छ ।

मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित पत्राचार गरेपछि पार्टीमा लफडा सुरु भएको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा न्यौपानेले अन्तर्घात गरेको आरोप लगाउँदै बर्खास्त गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

न्यौपानेले निर्वाचनताका पार्टीका समानुपतिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदरको घरमै लगेर भेटघाट गराएको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन् ।

न्यौपानेले भने आफूलाई हटाउन षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।