शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

धनराजलाई पद्माले भनिन्– आगामी दिनमा बुथ कब्जा गर्ने दुश्कर्म गर्न नलगाउनुस्

दैनिक नेपाल २०७९ मंसिर १८ गते ११:५५

काठमाडौं, १८ मंसिर । स्याङजा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित नेकपा एमालेकी नेतृ पद्मा कुमारी अर्यालले धनराज गुरुङलाई आगामी दिनमा बुथकब्जा गर्ने दुश्कर्म नगर्न अनुरोध गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा सदस्यमा विजयी गुरुङलाई बधाई दिँदै अर्यालले आगामी दिनमा लोकतन्त्रको मूल्य र मान्यता अपहरित नगर्न पनि गुरुङलाई आग्रह गरेकी छिन् ।

बुथ कब्जा गरेर खसाइएको मतलाई स्वीकार नगर्ने अर्यालले बताएकी छिन् ।

उनले लेखेकी छिन्,- आगामी दिनमा लोकतन्त्रको मुल्य मान्यता तपाईँबाट अपहरित नहोस् । युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवंम सृजनशील कार्यमा लगाएर राष्ट्र सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस्, न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकुल उनीहरुलाई दुरुपयोग गरी प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै आतंक सृजना गरी बुथ कब्जा गर्ने जास्तो दुश्कर्म गर्न नलगाउनुहोस् ।

आफूहरुको जायज माग नसुनेको र राज्यबाट पनि सुनुवाई नभएको गुनासो उनले गरेकी छिन्।

गुरुङलाई शालिन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझेको निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले बुझाइ झुठो प्रमाणीत गरिदिएको समेत पद्माले बताएकी छिन् ।

 

प्रतिक्रिया
सम्बन्धित